बुढासुब्बा गोल्डकपको उपाधिका लागि एनआरटी र चर्च ब्वाइजले खेल्ने
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – मेलम्ची खानेपानी आयोजनाबाट वितरित पानीको चुहावट मर्मत गर्नका लागि सरकारले १३ करोड रुपैयाँ दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले मेलम्ची आयोजनाको पानी वितरणको क्रममा चुहावट भएका पाइप र प्रणाली मर्मतका लागि १३ करोड रुपैयाँ दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो ।
विशेषगरी पुरानै प्रणालीबाट खानेपानी वितरण भएका ठाउँमा पाइप फुट्ने र सडक पनि भत्किने समस्या देखिएको छ । यसको मर्मतका लागि सरकारले १३ करोड रुपैयाँ दिएको हो ।
यस्तै सरकारले भारतबाट सरकार–सरकारबीचको सम्झौता अर्थात् जी टू जी मोडलबाट रसायनिक मल किन्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको छ ।
यस्तै चीनले अनुदानमा दिने तीन हजार थान अक्सिजन सिलिन्डर स्वीकार गर्ने, हरेक वर्ष पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने, प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने लगायतका निर्णय पनि गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।