उपप्रधानमन्त्रीमा राजेन्द्र महतोसहित जसपाका ८ मन्त्री र २ राज्यमन्त्रीले शपथ लिँदै

 जेठ २१, २०७८ शुक्रबार १७:५२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको आजै शपथ ग्रहणको तयारी भएको छ । ठाकुर पक्षबाट उपप्रधानमन्त्रीसहित आठ जना मन्त्री र दुई जना राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने निश्चित भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

आजै साँझसम्म शपथ हुन सक्ने भएकाले आफूहरूलाई तयारी अवस्थामा रहन भनिएको कर्णले उज्यालोलाई जानकारी दिनुभयो । जसपाको ठाकुर पक्षबाट नेता राजेन्द्र महतो उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री बन्नुहुने भएको छ ।

जसपाका नेता केशव झाका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा शरदसिंह भण्डारी, खानेपानी मन्त्रीमा अनिल झा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा विमल श्रीवास्तव, वन तथा वातावरण मन्त्रीमा उमाशङ्कर अगरिया, भूमि सुधार मन्त्रीमा लक्ष्मणलाल कर्ण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा चन्दा चौधरी, युवा तथा खेलकुदमा एकबाल मिँयाको नाम टुङ्गो लागेको छ । यस्तै राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी र रेणुका गुरुङको नाम राखिएको छ ।

जनता समाजवादी पार्टीकै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले भने प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गर्दै अध्यक्ष महन्थ ठाकुरसहितका नेतालाई पार्टीबाट निष्कासन गरेको छ । ठाकुर पक्षले पनि यादव पक्षका नेतालाई निष्कासन गरेको छ । दुवैको विवाद निर्वाचन आयोगमा पुगेको छ ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया