नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षाले एक करोड ७० लाख थान पुस्तक छाप्यो

 जेठ २२, २०७८ शनिबार १४:२६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले पुस्तक छपाएर देशभर बिक्री वितरणको काम सुरु गरेको छ । नयाँ शैक्षिक सत्र सुरु हुन एक अहिना अघि नै जेठ मसान्तसम्ममा पुस्तक वितरणको काम सक्नुपर्ने भएकाले जनक शिक्षाले वितरणको कामलाई तीव्रता दिएको हो ।

आउँदो वर्षको नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षाले कक्षा एकदेखि १० कक्षासम्मका एक करोड ७० लाख थान पुस्तक छापेको छ । लिमिटेडले गएको सोमबारदेखि नै देशभर रहेका आठवटा प्रादेशिक कार्यालयबाट ती पुस्तक बिक्री वितरणको काम थालेको जनक शिक्षा सामाग्री लिमिटेडका निर्देशक अनिलकुमार झाले बताउनुभयो ।

अहिले विराटनगर, जनकपुर, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढीमा रहेको प्रादेशिक कार्यालयबाट वितरण भइरहेको छ । कोरोना महामारीले देशभर सहजै रुपमा पुस्तक पठाउन र वितरण गर्न भने केही समस्या भएको तर सरकारले तोकेकै समयमा विद्यालयमा पुस्तक पुर्याइने निर्देशक झाले बताउनुभयो ।

कोरोना सङ्क्रमणको जोखिमका कारण अहिले पुस्तक पसल बन्द रहेकाले बिक्री वितरणमा केही समस्या आएको झाले बताउनुभयो । पुस्तक पसल खोल्न दिने व्यवस्था गरिदिन लिमिटेडले आग्रह गर्दै शिक्षा मन्त्रालयमा पत्र पठाएको र सरकारले निर्णय गर्ने बित्तिकै सहजै पुस्तक विद्यालयको पहुँचमा पुग्ने उहाँको भनाइ छ ।

अघिल्लो वर्ष पनि सरकारले देशभरका पुस्तक पसल खोल्न दिने निर्णय गरेसँगै जनक शिक्षाले नयाँ शैक्षिक सत्रका लागि पुस्तक वितरण सुरु गरेको थियो ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया