बर्खायाममा देखिने रोग समाधानका लागि ‘र्‍यापिड रेस्पाेन्स टिम ’ गठन गर्ने तयारी

 जेठ २२, २०७८ शनिबार १६:२२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बर्खाको समयमा देखिने सरुवालगायतका रोगको न्यूनीकरणका लागि तयारी सुरु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता एंव इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले बर्खायाममा डेंगु, मलेरिया, झाडापखाला, झाडाबान्ता लगायतको स्वास्थ्य समस्या आउने भन्दै यस्ता समस्या समाधान गर्न स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको बताउनुभयो ।

विपद्बाट तुरुन्त उद्धार गर्नका लागि हरेक पालिकामा र्यापिड रेस्पाेन्स टिम गठन गर्नका लागि स्वास्थ्यकर्मीलाई तालिम दिएर राखिएको पनि उहाँले जानकारी दिनुभयो । प्रवक्ता पौडेलले आवश्यक स्वास्थ्य सामग्री तयारी अवस्थामा राखिएको बताउनुभयो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया