विश्व खाद्य स्वच्छता दिवस मनाइँदै : नागरिकको खाद्य अधिकार र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीको दाबी

 जेठ २४, २०७८ सोमबार ८:१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - 'आजको स्वच्छ भोजन, भोलिको स्वस्थ जीवन' भन्ने नारासहित आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदैछ । सन् २०१८ डिसेम्बर २० तारिखका दिन संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष जुन ७ का दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो । त्यसयता सन् २०१९ देखि हरेक वर्ष विश्व खाद्य स्वच्छता दिवस मनाइन्छ ।

सरकारले गुणस्तरीय खाद्य पदार्थ उपलब्धताको सुनिश्चितताका लागि काम गरिरहेको दाबी गरेको छ । तर, मिसावट र अखाद्य वस्तुको प्रयोग बढ्दै जाँदा उपभोक्ता भने गुणस्तरहीन खाना खान बाध्य हुनु परेको अवस्था छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा.योगेन्द्रकुमार कार्कीले आयात गरिएकाे खाद्य वस्तुको नियमनलाई प्रभावकारी बनाउन छिटो छरितो र भरपर्दो रुपमा परीक्षण गरी प्रभावकारी नियमन गर्ने व्यवस्था मिलाउन मन्त्रालयले पहल गरिरहेको बताउनुभयो ।

यस्तै, दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको खाद्य अधिकार र स्वास्थ्य सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । खाद्यवस्तु स्वच्छताका लागि सरकारले निरोगी नेपालको अवधारणा अघि सारेको प्रधानमन्त्री ओलीको भनाइ छ । उहाँले सन्तुलित, पोसिलो तथा स्वच्छ खानाको उपभोग गर्न र व्यक्तिगत सरसफाइ कायम राख्न अपिल गर्नुभयो।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया