बार्सिलाेनाकाे संघर्षपूर्ण जित, भालाडोलिडकाे गाेलले मान्यता पाएन

 भदौ १०, २०७५ आइतबार ७:५०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगा फुटबल अन्तर्गत साविक विजेता बार्सिलोनाले रियल भालोडोलिडबिरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ ।

भालाडोलिडले घरेलु मैदानमा बार्सिलोनालाई गोल गर्ने अवसर नै दिएको थिएन । तर, दोस्रो हाफमा ओस्मान डेम्बेलेले बार्सिलोनाका लागि गोल गरे । उनले खेलको ५७औं मिनेटमा सेर्गी रोबर्टोको पासमा गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक रह्यो ।

खेलको अन्त्यतिर भालाडोलिडले बराबरी गोल फर्काएको थियो । तर, भिडियो असिस्टेन्ट रेफ्री भारले गोलको मान्यता नदिएपछि यसै सिजनदेखि ला लिगामा बढुवा भएको भालाडोलिडलाई लिगमा पहिलो जित हासिल गर्ने अवसर गुम्यो ।

शनिबार राति नै भएको खेलमा एथ्लेटिको मड्रिडले पनि रायो भालेकानोलाई १–० गोलले हराएको छ । खेलको ६३औं मिनेटमा एन्टोइन ग्रिजमनको गोल नै एथ्लेटिको मड्रिडको जितमा निर्णायक बन्यो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया