बालबालिकाका लागि सातै प्रदेशमा अस्पताल बनाउने स्वास्थ्य मन्त्रीकाे घाेषणा

 जेठ २४, २०७८ सोमबार २०:१४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङले कोरोना भाइरसको तेस्रो लहरमा बालबालिका बढी जोखिममा पर्ने भएकाले सातै प्रदेशमा अस्पताल बनाउने घोषणा गर्नुभएको छ ।

साेमवार (आज) भर्चुअल माध्यममार्फत पत्रकार सम्मेलन गर्दै उहाँले तेस्रो लहरमा बालबालिकालाई असर गर्ने विज्ञले बताइरहेकाले त्यसको तयारीमा जुटेको बताउनुभएको हो । उहाँले सातै प्रदेशमा बालबालिकाका लागि अस्पताल, आईसीयू कक्ष निर्माण गर्ने कार्यक्रम अगाडि बढाएको पनि दाबी गर्नुभयो । 

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकिएको रकममा अस्पतालहरूले कोरोना सङ्क्रमितको उपचार गरे/नगरेकोबारे अनुगमन गर्न निर्देशन दिएको छ ।

आज मन्त्रालयले एक सूचना निकालेर सबै जिल्ला प्रशासनलाई अस्पतालमा सङ्क्रमितको उपचार तोकिएको रकममा नभएको पाइए कारबाही गर्न निर्देशन दिएको हो । यसअघि सरकारले सामान्य अवस्थाका कोरोना सङ्क्रमितको उपचार प्रतिदिन प्रतिव्यक्ति ३५ सय रुपैयाँ र गम्भीर बिरामीका लागि सात हजार रुपैयाँभन्दा बढी नलिन अस्पतालहरूलाई निर्देशन दिएको थियो ।   

 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया