ओलीकाे आह्वान एकताकाे पक्षमा नभइ भ्रम सिर्जना गर्ने खालकाे छ : खनाल–नेपाल पक्ष

 जेठ २४, २०७८ सोमबार २१:१७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेकाे खनाल–नेपाल पक्षले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकताका लागि गरेकाे आह्वान केवल भ्रम सिर्जना गर्ने उद्देश्यबाट प्रेरित देखिएकाे जनाएकाे छ । 

हिजो आइतवार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउन आफू तयार रहेको तर सर्वोच्चमा बुझाइएको रिटको हस्ताक्षर फिर्ताको प्रस्ताव राख्नुभएको थियो ।

यही प्रस्ताव जवाफ दिँदै खनाल–नेपाल पक्षले छलछाम र षड्यन्त्रपूर्वक किसिमले कुरा गरेर राष्ट्र र नागरिक तथा पार्टीपङ्क्तिको भवनाअनुसार पार्टीमा एकता कायम नहुने कुरा स्पष्ट हुँदा हुँदै पार्टी अध्यक्ष र देशको प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा आसिन व्यक्तिबाट अनुचित मार्ग र शैली अवलम्बन गरिनु दुःख र चिन्ताको विषय भएको बताएकाे हाे । 

‘आफूहरुले राखेका कुनै पनि कुराको सम्बोधन नगरि, कुनै वार्ता नभइ एकताका लागि गरिएको ओलीको आह्वान साँच्चिकै एकताको पक्षमा नभइ केवल भ्रम सिर्जना गर्ने उद्देश्यबाट प्रेरित देखिन्छ’, विज्ञप्तिमा भनिएकाे छ ।  

आफूहरुले यसअघि लिखित रूपमा अगाडि सारेका कुराहरूको विश्वसनीय रूपमा सम्बोधन गर्दै इमानदारिताका साथ वार्ता र सहमतिको बाटो अवलम्बन गरिए मात्र सकारात्मक परिणाम आउने सक्ने विज्ञप्तिमा बताइएकाे छ । 

‘हामी सार्थक वार्ता, सिद्धान्तनिष्ठ एकता र मेलमिलापको पक्षमा रहँदै आएका छौँ र अन्तिम घडीसम्म यस सम्बन्धमा हाम्रो सकारात्मक प्रयास जारी रहनेछ’, नेता नेपालले विज्ञप्तिमा भन्नुभएको छ । 

यस्ताे छ प्रेस विज्ञप्ति–  

 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया