शेयर बजार ११ अङ्कले घटेर २७ सय विन्दुमुनि, काराेबार रकम भने...
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै - कोरोना विरुद्धको खोप लगाउन जानेहरुलाई काठमाण्डौ महानगरपालिकाले चिया र बिस्कुट पनि दिने भएको छ । सबै खोप केन्द्रमा खोप लगाएपछि केही समय आराम गर्ने र आराम गर्ने क्रममा दिक्क नहोस भनेर चिया बिस्कुटको पनि व्यवस्थापन गरिएको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।
काठमाण्डौ महानगरले यो चरणमा झण्डै एक लाख वृद्धवृद्धालाई कोरोनाविरुद्धको खोप दिने लक्ष्य राखेको प्रमुख शाक्यले बताउनुभयो । विगतमा अस्पतालहरुमा केन्द्र बनाएर खोप अभियान सञ्चालन गर्दा भीडभाड हुने, त्यही भीडभाडबाट सङ्क्रमण फैलिने डर हुनेलगायतका विभिन्न खाले गुनासो आएपछि भेरोसेल खोप लगाउँदा काठमाण्डौ महानगरपालिका आफैँले व्यवस्थापन गर्दै आएको छ ।
अघिल्लो चरणको खोप पनि महानगरपालिकाकै व्यवस्थापनमा सञ्चालन र धेरै सहज भयो भन्ने प्रतिक्रिया प्राप्त भएपछि यो पटक पनि ३२ वटै वडामा ३२ वटा केन्द्र बनाएर अभियान सञ्चालन गरेको शाक्यले बताउनुभयो ।
उहाँले भीडभाड कम गर्न पाँच समूह विभाजन गरी खोप अभियान सञ्चालन गरेको भए पनि श्रीमान/श्रीमती वा जेष्ठ नागरिकलाई खोप लगाउन साथैमा लिएर खोप केन्द्र पुगेका त्यो उमेर समूहभित्रका नागरिकलाई भने खोप लगाउने दिन होइन रहेछ भने उसलाई समेत त्यसैदिन खोप लगाएर पठाउने व्यवस्था गरेको बताउनुभयो ।
‘व्यावहारिक पक्षलाई समेत ध्यानमा राखेर हामीले उहाँहरु दुई/दुई पटक आउनु नपरोस् भनेर त्यस्तो व्यवस्थापन गरेका हौँ,’ उहाँले भन्नुभयो ।
वडा खोप केन्द्रको नाम
१. नन्दी रात्रि स्कुल, नक्साल
२. वडा कार्यालय, लाजिम्पाट
३. वडा कार्यालय, महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र
४. वडा कार्यालय, बालुवाटार
५. वडा कार्यालय, हाँडीगाउँ
६. महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय, बौद्ध
७. वडा कार्यालय, मित्रपार्क, चाबहिल
८. गोल्डेन लाइट पार्टी प्यालेस, जय बागेश्वरी
९. अनुपम फुडल्याण्ड, बत्तीस पुतली
१०. म्याक डोनाल्ड पार्टी प्यालेस, मध्यबानेश्वर
११. विश्व निकेतन उच्च माध्यमिक विद्यालय, त्रिपुरेश्वर
१२. बुद्ध माई अस्पताल, टेकु
१३. जनप्रभात माध्यमिक विद्यालय, कालीमाटी
१४. वडा कार्यालय, भुवनेश्वरी कलङ्की
१५. भुइँखेल चौर, स्वयम्भू
१६. बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, जुडो हल, नयाँ बजार
१७. पब्लिक युथ क्याम्पस, धोबी चौर
१८. पुष्पलाल पार्क, विष्णुमती किनार
१९. वडा १९ कार्यालय परिसर,
२०. शान्ति निकुञ्ज माध्यमिक विद्यालय, भगवती बारी
२१. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, यंगाल
२२. वडा कार्यालय, टेबहाल
२३. नव आदर्श विद्यालय, वसन्तपुर
२४. इतुमबहाल, तारणीबहाल
२५. कन्या मन्दिर माध्यमिक विद्यालय, छत्रपाटी
२६. वडा कार्यालय परिसर, लैनचौर
२७. महाबाैद्ध चोक
२८. कार्यालय परिसर, सिटी मार्केट
२९. विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार
३०. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, ज्ञानेश्वर चोक
३१. इ.पी.एस. स्कूल, मीनभवन
३२. वडा कार्यालय परिसर, पाल्पाकोट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।