विपक्षी दलले विराेध गरेपछि प्रदेश २ काे प्रदेश सभा बैठक स्थगित

 जेठ २५, २०७८ मंगलबार १९:२४:१९ | शुभनारायण यादव
unn.prixa.net

महोत्तरी – प्रदेश २ को प्रदेश सभा बैठक विपक्षी दलको विराेधपछि स्थगित भएको छ । प्रदेश सरकारले सम्बन्धित प्रदेश सांसदलाई जानकारी नै नगराइ पालिकामा अन्तिम समयमा ससर्त अनुदान पठाएको भन्दै विपक्षी दलले विरोध गरेपछि बैठक स्थगित भएको हो । 

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभामा उपस्थित भएर जवाफ नदिएसम्म बैठक सञ्चालन हुन नदिने विपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका प्रदेश सांसदहरूले माग गरेका थिए । 

सभामुख सरोजकुमार यादवले जवाफ दिन रुलिङ गर्नुभएकाे थियाे । तर विपक्षी दलका सांसदले मुख्यमन्त्री तत्काल उपस्थित भएर जवाफ दिनुपर्ने माग गरेपछि सभामुख यादवले एक घण्टाका लागि बैठक स्थगित गर्नुभएकाे थियाे । फेरि सुरु भएकाे बैठकमा पनि विराेध भएपछि बेठक भाेलिसम्मका लागि स्थगित भएकाे हाे ।

सोमवारदेखि सुरु भएको छैटौँ अधिवेशनमा आउँदाे आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । प्रदेश सभामा जेठ २७ गते नीति तथा कार्यक्रम र असार १ गते बजेट प्रस्तुत गर्ने तयारी सरकारले गरेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया