१६ हजारभन्दा धेरैकाे नमुना परीक्षण गर्दा ४ हजार ३ सय ४४ जनामा काेराेना सङ्क्रमण

 जेठ २६, २०७८ बुधबार १६:५६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको २४ घण्टामा देशभर चार हजार तीन सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार चार सय ४९ जनामा र चार हजार पाँच सय ६८ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ सय ९५ जनामा सङ्क्रमण पाइएको छ ।

आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८० हजार तीन सय ३६ पुगेको छ । यसमध्ये ७४ हजार आठ सय ३८ जना होम आइसोलेनशमा छन् ।

यस्तै गएको २४ घण्टामा काठमाण्डौ उपत्यकामा नाै सय १५ जनामा सङ्क्रमण पाइएको छ । काठमाण्डौमा ६ यस ७९, भक्तपुरमा ८५ र ललितपुरका एक सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा पाँच हजार सात सय ६८ जना कोरोनामुक्त भएका छन् । अहिले कोरोनामुक्त हुने दर ८५ दशमलव २ प्रतिशत पुगेको छ ।

 यस्तै कोरोना भाइरसकाे सङ्क्रमणका कारण थप ८१ जनाको ज्यान गएको छ ।  

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया