प्रधानमन्त्री तथा शीर्ष नेतालाई छलफलमा सहभागी हुन सभामुखकाे बाेलावट

 जेठ २६, २०७८ बुधबार १८:१२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाउनुभएको छ ।

बुधवार एक विज्ञप्ति निकालेर सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई छलफलमा बोलाउनुभएको हो ।

सभामुखले पत्र लेखी समसामयिक विषयमा छलफल गनुपर्ने भन्दै जेठ २८ गते दिउँसाे दुई बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरकाे ल्होत्से हलमा बोलाउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया