प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा 'एमीकस क्युरी' झिकाउन आदेश

 जेठ २६, २०७८ बुधबार १९:२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइका लागि अदालतकाे सहयाेगी (एमिकस क्युरी) झिकाउन आदेश गरेको छ । संवैधानिक इजलासले एमिसक क्युरीका रूपमा नेपाल बार एसाेसिएशन र सर्वोच्च अदालत बारबाट दुई?/दुई जना वरिष्ठ अधिवक्तालाई झिकाउन आदेश गरेको हो । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र डाक्टर आनन्दमोहन भट्टराईको इजलासले एमीकस क्युरी झिकाउने आदेश गरेको हो ।
यसअघि गएकाे पुस ५ गतेको प्रतिनिधि सभा विघटन मुद्दामा ५ सदस्यीय एमीकस क्युरी गठन गरिएको थियो ।  

बुधवारकाे सुनुवाइपछि सर्वोच्चले सरकारसँग प्रतिनिधि सभा विघटन गर्नुको लिखित कारण माग गरेको छ । प्रतिनिधि सभा विघटनका विषयमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग सर्वोच्चले लिखित जवाफ मागेको हो ।

विपक्षीले लिखित जवाफ बुझाएपछि असार ९ गतेदेखि यो मुद्दामा निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ । 

यस्तै सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा बहसका लागि एउटा पक्षलाई १५ घण्टा समय निर्धारण गरेको छ ।

 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया