कुन जिल्लामा कति सङ्क्रमित ?

 जेठ २७, २०७८ बिहिबार ८:१८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । तर गाउँमा तीव्र रुपमा फैलिरहेकाले सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्ला दिनमा सहरमा केही घटे पनि गाउँमा सङ्क्रमण फैलिरहेको छ । 

४६ जिल्लामा पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित छन् । काठमाण्डौमा सबैभन्दा धेरै ११ हजार ८५ जना सक्रिय सङ्क्रमित छन् । काठमाण्डौपछि ललितपुर, भक्तपुर, झापा, मोरङ, रुपन्देही, कैलाली र चितवनमा धेरै सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ । पछिल्लो दुई हप्तामा पाँचथर, ओखलढुङ्गा, तेह्रथुम, सिरहा, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, रोल्पा, रुकुम पश्चिम र दार्चुलामा सक्रिय सङ्क्रमितको सङ्ख्या बढेको छ । 

मन्त्रालयका अनुसार नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ८० हजार ३ सय ३६ जना छ । कुल सङ्क्रमित छ लाख १५ हजार ६ सय ५२ पुगेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म पाँच लाख १० हजार २९८ सङ्क्रमित कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुने दर ८५ दशमलव २ प्रतिशत पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट आठ हजार १७९ जनाको ज्यान गएको छ । २१ देखि ५० वर्ष उमेर समूहमा सङ्क्रमणदर धेरै रहेको छ ।

पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाहरु :

मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिरहा, सर्लाही, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, दोलखा, रामेछाप, कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ, स्याङ्जा, लमजुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, गुल्मी, नवलपरासी पश्चिम, रोल्पा, सुर्खेत, दैलेख, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी, अछाम र डोटी ।

दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाहरु :

ताप्लेजुङ, उदयपुर, धनकुटा, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, रसुवा, पर्वत, म्याग्दी, अर्घाखाँची, सल्यान, जाजरकोट, रुकुम पश्चिम र दार्चुला ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया