सात मन्त्री र एक राज्यमन्त्रीद्वारा शपथ ग्रहण

 जेठ २७, २०७८ बिहीबार १७:७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मन्त्रिपरिषद्का नवनियुक्त सदस्यहरूले बिहीवार पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । शीतल निवासमा सात जना मन्त्री एक राज्यमन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका हुन् । सात जना मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र एक राज्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गराउनुभएकाे हाे । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सात जना मन्त्री र एक राज्यमन्त्री थप्दै मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । यसअघिको मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहे पनि प्रधानमन्त्रीले फेरि आज सात जना मन्त्री र एक जना राज्यमन्त्री थप गर्नुभएको हो ।

गृह मन्त्रीमा खगराज अधिकारी नियुक्त हुनुभएको छ । यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पूर्व गृह मन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा जनता समाजवादी पार्टीका राजकिशोर यादव नियुक्त हुनुभएको छ ।

यस्तै गणेश पहाडी सामान्य प्रशासन मन्त्री, नारदमुनि राना वन मन्त्री, ज्वालाकुमारी साह कृषि, मोहन बानियाँ विना विभागीय र आशा विक वन राज्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

यसअघि माओवादी केन्द्रमा रहेकी ज्वाला साह प्रदेश सभा सदस्यमा पराजित हुनुभएको थियो तर साहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाउनुभएको हो ।

यस्तै गणेश पहाडी माधवकुमार नेपाल पक्षका हुनुहुन्छ ।

आज राजकिशोर यादवले शपथ लिएसँगै जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षबाट सरकारमा सहभागी मन्त्रीको सङ्ख्या ११ पुगेको छ । २० जना सांसद रहेका महन्थ ठाकुर पक्षका ११ जना मन्त्री सरकारमा सहभागी छन् । आज मन्त्रिपरिषद् विस्तार भएसँगै मन्त्रीको सङ्ख्या २५ पुगेको छ । 

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया