गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ विश्वासको मत पाउन असफल

 जेठ २७, २०७८ बिहीबार १८:१५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

कास्की – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल हुनुभएको छ । विश्वासको मत पाउन असफल भएसँगै मुख्यमन्त्री गुरुङ पदमुक्त भएर कामचलाउ सरकारको प्रमुख बन्नुभएको छ ।

आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकोमा पक्षमा २७ मत मात्रै प्राप्त गर्नुभयो । ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक थियो । मतपरिणाम सुनाउँदै सभामुख नेत्रनाथ अधिकारीले पक्षमा २७, विपक्षमा ३० र एक जना मतदानमा सहभागी नभएको जानकारी दिनुभयो ।

स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङे मतदानमा अनुपस्थित हुनुभयो । एमालेका २७ सांसदले पक्षमा मत दिएका छन् । नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टीका दुई जना र राष्ट्रिय जनमोर्चाका दुई जना सांसदले विपक्षमा मतदान गरेका हुन् । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा भने तटस्थ रहनुभयो ।

गएकाे वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त हुनुभएका गुरुङले संवैधानिक प्रावधानअनुसार आज विश्वासको मत लिने प्रयास गर्नुभएको थियो ।

अब संविधानको धारा १६८ काे उपधारा ५ अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । एमालेबाहेकका अरू दलको गठबन्धन रहेकाले जनमोर्चाका कृष्ण थापा या स्वतन्त्र सदस्य राजीव गुरुङले साथ दिएमा कांग्रेसको नेतृत्वमा सरकार बन्नेछ । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया