काे मन्त्री आयाे र काे मन्त्री गयाे हेर्ने हाेइन, काममा ध्यान दिनुस् : नवनियुक्त मन्त्री थापा

 जेठ २७, २०७८ बिहिबार १९:१७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले मन्त्रालयमा को मन्त्री आयो, को मन्त्री गयो भनेर नभइ मन्त्रालयकाे काममा ध्यान दिन कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । 

बिहीवार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री थापाले मन्त्रीभन्दा मन्त्रालयको काममा कर्मचारीहरूको ध्यान जानुपर्ने बताउनुभयो । सरकार र सरकारको योजना सफल बनाउन सञ्चार मन्त्रालयको महत्त्वपूर्ण भूमिका रहेको भन्दै मन्त्री थापाले नागरिकलाई सूचना प्रविधिको पहुँचमा लैजान आवश्यक रहेको बताउनुभयो ।

परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री थापाले समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार बनाउन मन्त्री, कर्मचारी भएर काम गर्न आफू सधैँ खुला रहेको उहाँले स्पष्ट पार्नुभयो । 

मन्त्री थापा यसअघि राष्ट्रिय महिला आयोगको अध्यक्ष हुनुहुन्थ्यो । उहाँ निवर्तमान गृह मन्त्री रामबहादुर थापाकी पत्नी हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया