सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै, प्रधानमन्त्री ओलीलाई पनि निमन्त्रणा

 जेठ २८, २०७८ शुक्रबार ७:४६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्दै हुनुहुन्छ । दिउँसो २ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसहित अरू दलका नेताहरूसँग छलफल गर्न लाग्नुभएको हो । 

सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसहित सबैलाई लिखित निमन्त्रणा पठाउनुभएको उहाँको सचिवालयले जनाएको छ । प्रतिनिधि सभा दोस्रो पटक विघटनको घोषणा भएपछि सभामुख सापकोटाले पहिलो पटक प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री र सबै दलका प्रमुखहरूलाई छलफलका लागि बोलाउनुभएको हो ।

प्रतिनिधि सभा विघटन भएको अवस्थामा सभामुखका केही विशेषाधिकार प्रयोग हुन सक्ने अनुमान भइरहेका बेला उहाँले पूर्व सभामुखहरूसँग छलफल गर्नुलाई महत्त्वका साथ हेरिएको छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया