विदेश जाने यात्रुले यी ठाउँमा गर्न सक्छन् पीसीआर परीक्षण

 जेठ २८, २०७८ शुक्रबार १२:३७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ विदेश यात्रा गर्दै हुनुहुन्छ ? अहिले यात्रा गर्न अत्यावश्यक मध्येको एक हो पीसीआर नेगेटिभ रिपोर्ट ।

बिना पीसीआर नेगेटिभ रिपोर्ट नेपालबाट पनि यात्रा गर्न पाइँदैन भने गन्तव्य देशहरूले पनि यो कोरोना महामारीको समयमा पीसीआर रिपोर्ट अनिवार्य गरेका छन् ।

रोजगारीका लागि या अन्य विभिन्न उद्देश्यले विदेश हिँडेका कतिपय यात्रु पीसीआर रिपोर्टकै कारण विमानस्थलबाट फर्कनु परेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रा गर्ने यात्रुका लागि पीसीआर परीक्षण गर्ने प्रयोगशाला तोकेको छ ।

विदेश जाने यात्रुका लागि मन्त्रालयले सबै सरकारी प्रयोगशाला, न्यूनतम १०० बेड भएका निजी अस्पताल र ए वर्गका प्रयोगशालाहरूमा पीसीआर परीक्षण गर्न सकिने जनाएको छ ।

सात वटै प्रदेशमा निजी अस्पताल र ल्याब गरी ३० वटा र सरकारी अस्पताल र ल्याब गरी ५१ वटा तोकिएको छ । 

पीसीआर परीक्षण गर्ने प्रयोगशाला बारे थाहा पाउन क्लिक गर्नुहोस्

अन्तिम अपडेट: चैत २९, २०८०

2 Comments

  • Surya

    June 12, 2021, 2:36 p.m.

    लकडाउनको फाइदा उठाउँदै एयरलाइन्स एजेन्सी र सरकारले लुट्दैछन् हामी सीधासाधा नागरिकलाई / नियमित उडान रोकेर, चार्टरको नाममा ६० हजारको टिकटलाई २ लाख ३५-५० हजारसम्म लिने गरेको छ / हामीसंग फिर्ता हुँदापनि हामीलाई सिट छैन भन्छन , तर जसले २ लाख ४०/५० हजार दिन्छ , उसलाई टिकट दिइराखेको छ / के चार्टर फ्लाइटमा कोरोना सर्दैन, खाली नियमित उडानमा मात्र कोरोना सर्ने हो ?

  •  0 Reply
  • Surya Mahato

    June 12, 2021, 2:30 p.m.

    पैसा लुट्न कै लागि नीजी अस्पताले पिसिआर गर्दा नेगेटिभलाई पोजेटिभ बनाइदिन्छन, त्यसैले पिसिआर गर्न निजी होइन सरकारी अस्पताललाई मात्र स्विकृती दिए नागरिकले अनावश्यक दुख पाउंदैनन, धन्यवाद /

  •  0 Reply

तपाईको प्रतिक्रिया