गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा फेरि पदमुक्त

 जेठ २८, २०७८ शुक्रबार १३:२९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – राष्ट्रिय जनमाेर्चाका प्रदेश सभा सदस्य कृष्ण थापा फेरि पदमुक्त हुनुभएको छ । जनमोर्चा केन्द्रीय समिति र प्रदेश संसदीय दलले आफ्ना सांसद थापालाई पदमुक्त गर्दै पद रिक्त गरिदिन सभामुखलाई पत्र पठाएका थिए । सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा बैठकमा पत्र पढेर सुनाउनु भएसँगै थापा फेरि पदमुक्त हुनुभएको हो ।

यसअघि पनि राष्ट्रिय जनमोर्चाले थापालाई कारबाही स्वरूप सांसद पदबाट हटाएको थियो । तर सर्वोच्च अदालतले थापालाई पुनर्बहाली गरिदिएको थियो । पार्टीको ह्विप उल्लङ्घन गरेकाले थापालाई पदमुक्त गरिएको जनमोर्चाले जनाएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा प्रदेश सभामा मतदान हुँदा विपक्षमा मतदान गर्न र तटस्थ नबस्न जनमोर्चाले ह्विप जारी जारी गरेको थियो । तर प्रदेश सभा सदस्य थापा तटस्थ बस्नुभएको थियो । 

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया