लोकतन्त्रको रक्षाका लागि विशेष भूमिका खेल्न सभामुखलाई विपक्षी दलका शीर्ष नेताको आग्रह

 जेठ २८, २०७८ शुक्रबार २०:२२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पूर्व प्रधानमन्त्री र दलका शीर्ष नेताहरुले लोकतन्त्रको रक्षाका लागि सभामुखले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । 

सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा आज बसेको सर्वदलीय बैठकमा उनीहरुले लोकतन्त्रको रक्षाका लागि सभामुखको भूमिका महत्त्वपूर्ण हुने बताएका हुन् । छलफलपछि जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आफूहरुले लोकतन्त्रको रक्षाका लागि पर्न सुझाव दिएको बताउनुभयो । 

छलफलका क्रममा नेताहरुले राष्ट्रपति र प्रधानमन्त्रीले गैरसंवैधानिक रुपमा संसदको विघटन गरेकाले सर्वोच्च अदालतले पुनर्स्थापना गर्नुपर्ने समेत बताएका थिए । त्यस्तै बैठकमा नेताहरुले नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउनुपर्ने र चुरेबाट सरकारले गिट्टी बालुवा निकासी गर्न लागेको भन्दै त्यसको विरोध गर्नुपर्ने बताएका थिए । 

बैठकमा सभामुख सापकोटाले संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थमा त्यहीँबाट सही निकास होस् भन्ने अपेक्षा आफ्नो रहेको बताउनुभएको थियो । छलफलका क्रममा उहाँले लोकतन्त्रको रक्षाका लागि आफू जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको बताउनुभएको छलफलमा सहभागी नेताहरुले बताएका छन् ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया