प्रधानमन्त्रीको विषयमा नरोत्तम वैद्यले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना

 जेठ २९, २०७८ शनिबार ८:३८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसका वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभाको बैठकमै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ ।

वैद्यले शुक्रवार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देश डुबाउन लागेको भन्दै देशमा कोही नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भन्नुभएको थियो । नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गरेका थिए ।

प्रदेश सभा सदस्य वैद्यको यो अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । एमालेका नेताहरुले तत्कालै पक्राउ गर्न माग गरेका छन् । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि वैद्यको भनाइ आपत्तिजनक रहेको बताइ सक्नुभएको छ । उहाँले आत्मालोचना गर्न  पनि निर्देशन दिनुभएको छ ।

प्रदेश सभामा वैद्यले भन्नुभएको थियो, ‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि, कोही तयार छैन भने म बन्ने कि !’

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया