गण्डकीको मुख्यमन्त्रीमा गुरुङको पनि दाबी

 जेठ २९, २०७८ शनिबार १६:१८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गर्नुभएको छ ।

प्रदेश प्रमख सीता कुमारी पौडेलसमक्ष गुरुङले दाबी पेश गर्नुभएको हो । उहाँले आफूलाई राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थन रहेको दाबी गर्नुभएको छ । तर नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै शुक्रबार मात्रै ३१ प्रदेशसभा सदस्यको उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

गण्डकीमा सरकार बनाउन ३१ जना सदस्य चाहिन्छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमतसहित दाबी पेश गर्न आज तीन बजेसम्मको समय दिनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया