अमेरिकामा २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब

 माघ २४, २०८१ बिहीबार ९:२७:२५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकामा २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजीनामा दिने सङ्घीय कर्मचारीलाई आठ महिनाको तलब दिने आश्वासन दिए लगत्तै कर्मचारीलाई जागिर छाड्न दबाब आएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले कार्यालयमा फर्किन नचाहने सबै कर्मचारीलाई बिदाइ प्योकज दिने भन्दै आउँदो सेप्टेम्बरसम्मको तलब दिने घोषणा गर्नुभएको थियो । यो योजनामा अहिलेसम्म २० हजार सङ्घीय कर्मचारीले सहमति जनाएका खबरमा उल्लेख छ ।

अमेरिकी सरकारको आकारलाई खुम्च्याउन यो कदम चालिएको ट्रम्प प्रशासनले बताएको छ । यो कार्यक्रममा सहभागी हुने वा नहुने निर्णय गर्न आजसम्मको समय दिइएको थियो ।

हालै सरकारी नियुक्ति पाएका उद्योगपति एलन मस्कले पछिल्लो दिनमा सरकारी कर्मचारीलाई गोप्य इमेल पठाउँदै जागिरबाट बिदा हुन तीव्र दबाब दिएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

मस्कले सरकारी कामकारबाहीलाई प्रभावकारी बनाउन ट्रम्पलाई सघाइरहनुभएको छ । अमेरिकी सरकारी कर्मचारीहरूको प्रतिनिधित्व गर्ने युनियनहरूले भने सामूहिक राजीनामाको योजनालाई रोक्न मुद्दा दायर गरेका छन् । 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया