थप ३ हजार ३ सय ८४ जनामा सङ्क्रमण पुष्टि, ६ हजार भन्दा धेरै निकाे

 जेठ २९, २०७८ शनिबार १७:९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा तीन हजार तीन सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार पाँच सय ६ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार तीन सय ८२ जना र पाँच हजार नौ सय ८८ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार दुई जना गरी तीन हजार तीन सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म पीसीआर विधिबाट ६ लाख ६ हजार सात सय ७८ जना र एन्टीजेन विधिबाट १९ हजार सात सय ५७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ हजार दुई सय ९५ जना निको भएका छन् । यो सँगै निको हुनेको सङ्ख्या पाँच लाख २७ हजार एक सय ११ पुगेको छ । थप ६१ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार तीन सय ६६ पुगेको छ । अहिले नेपालमा ७१ हजार तीन सय एक  सक्रिय सङ्क्रमित रहेका छन् ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया