एसिया कप छनौटकाे अन्तिम अभ्यास खेल: नेपालले पच्छ्याउला २१७ रनको लक्ष्य ?

 भदौ १०, २०७५ आइतबार १४:१५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

एसिया कप क्रिकेटको छनौटका लागि अभ्यास खेलमा रहेको नेपाललाई श्रीलंकाको कोल्ट्सले २१७ रनको लक्ष्य दिएको छ ।

टस हारेर बलिङ गरेको नेपालले कोल्ट्सलाई ४९।५ ओभरमा २१६ रनमा अल आउट गराएको हो । 

शुरुमा निकै दबाबमा राखेको नेपालले अन्तिममा भने केही लय गुमाउन पुगेको थियो । ४४ रनमा ४ विकेट गुमाएको कोल्ट्सका मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हालेका थिए ।

नेपालका सोमपाल कामीले ३ तथा करन केसी र सागर पुनले दुई-र्दुइ विकेट लिए भने ललितनारायण राजबंशीले एक विकेट हात पारे । 

२ जना ब्याट्सम्यान रन आउट भए । दुवै जनालाई रोहित पौडेलले रन आउट गराएका हुन् । लगातार दुई अभ्यास खेल जितेको नेपालले आज तेस्रो तथा अन्तिम अभ्यास खेलमा पनि जित निकाल्दै एशियाकपको छनौट खेल्न मलेसिया जाने तयारीमा छ ।
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया