वाग्मती प्रदेशको नीति तथा कार्यक्रम पारित

 जेठ २९, २०७८ शनिबार २०:१:५३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – दुई दिनदेखि छलफल चलिरहेको वाग्मती प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज पारित गरिएको छ ।

शनिबार बसेको प्रदेश सभाको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । शनिबारको छलफलमा मुख्यमन्त्री डोरमणि पौडेलले नीति तथा कार्यक्रमबारे रोष्टममा उठेको प्रश्नको जवाफ दिनुभएको थियो । 

छलफलमा प्रदेश सरकारले सञ्चालन गर्ने भनिएको विद्युतीय बस देखि भीमफेदी कुलेखानी सुरुङमार्गको विषयमा पनि बहस भयो । आफूले अध्ययन अनुसन्धान गरेर कार्यक्रम ल्याएको भन्दै त्यसको विरोध नगर्न पनि मुख्यमन्त्री पौडेलले आग्रह गर्नुभयो ।

‘हामीले अनुसन्धान सर्वेक्षण गरेर कार्यक्रमहरु ल्याएका छौँ, सस्तो लोकप्रियताको लागि विरोध नगरौँ’, उहाँले भन्नुभयो ।

यस्तै छलफलमा नीति तथा कार्यक्रमका केही विषय संसोधनको लागि प्रदेश सभा सदस्यले सुझाव पनि दिएका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया