यो हप्ताभरि नै मनसुन सक्रिय रहने : सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने

 जेठ ३०, २०७८ आइतबार ७:४४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यो हप्ताभरि नै मनसुन सक्रिय रहने मौसमविद्ले बताएका छन् । अस्ति २८ गते भित्रिएको मनसुन यो हप्ताभरि नै सक्रिय रहने र यसले गर्दा देशका धेरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले प्रदेश-१ र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुनी वायुको प्रभाव परेको छ ।

यो बिस्तारै देशभर फैलिने र एक/दुई दिनभित्रै देशभरको मौसम बद्ली भइ हल्कादेखि ठूलो पानी पर्ने मौसमविद् पौडेलले बताउनुभयो । यो हप्ता सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र पश्चिम तराईका जिल्लाका केही ठाउँमा ठूलो पानी पर्ने हुँदा सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । अन्य ठाउँमा भने सामान्यदेखि हल्का वर्षा हुनेछ । यसैबीच, अहिले देशभरको मौसम बद्ली भएको छ ।

मनसुनी वायुको प्रभावका अहिले गण्डकी, लुम्बिनीको तराईका जिल्ला र प्रदेश-१ का केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलले दिउँसो पनि देशभरको मौसम बद्ली रहने बताउनु भएको छ । यस्तै, राति पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया