चितवन राष्ट्रिय निकुञ्जमा गोली लागेर जङ्गली हात्ती मकुना मर्याे
माघ २४, २०८१ बिहिबार
कास्की – गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बदलाको भावमा सरकार परिवर्तन गरिएको बताउनुभएको छ । मुख्यमन्त्री निवासमा पत्रकारसँग कुरा गर्दै गुरुङले कोरोनाको महामारीमा सत्ता परिवर्तन र केन्द्रीय राजनीति प्रदेशमा केन्द्रित हुनु गलत भएको बताउनुभयो ।
मुख्यमन्त्री भएपछि केन्द्रमा महत्त्वपूर्ण काममा बाहेक अघिपछि समय दिन नसकिएको भन्दै उहाँले अब पार्टीलाई सङ्कटबाट जोगाउने समय आएको बताउनुभयो ।
यस्तै उहाँले गठबन्धनबाट बनाइएकाे सरकार जुनसुकै बेला पनि परिवर्तन हुन सक्ने भन्दै राजनीतिक नेताको कुण्ठाको कारण एमाले सरकार विस्थापित हुन पुगेको बताउनुभयो । यस्तै उहाँले प्रदेश सङ्घीयताको अभ्यास भएकाले पहिलो कार्यकाल पाँच वर्ष नै बिताउनुपर्ने भएकाले संसद् विघटन गर्ने आफ्नो कुनै योजना नरहेको स्मरण गराउनुभयो ।
सङ्घीयता बलियो बनाउनुपर्छ भनेर सङ्घ सरकार र आफ्नै पार्टीका नेतासँग लड्ने मान्छे आफू रहेको भन्दै उहाँले आफूले विश्वासको मत प्राप्त गर्न नसकेको र आफ्नै स्वार्थका लागि संसद् विघटन गर्न पनि नसक्ने प्रष्ट पार्नुभयाे । सङ्घीयतामाथि चारैतिरबाट आक्रमण भइरहेको भन्दै उहाँले सङ्घीयता बलियो बनाउने पक्षमा आफू सधैँ सरकारको पक्षमा उभिने बताउनुभयो ।
यस्तै गुरुङले मुख्यमन्त्री पोखरेललाई सङ्घीयताको मर्मअनुसार काम गर्न सुझावसमेत दिनुभएको छ । हरेक नियुक्ति मापदण्डअनुसार नै गरेको भन्दै उहाँले लक्ष्यअनुसार काम गर्न सके पाँच वर्षभित्र ठूलो परिवर्तन गर्न सकिने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।