काठमाण्डौ उपत्यकामा निषेधाज्ञा एक हप्ता लम्बियाे, खाद्यान्नसहित पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने

 जेठ ३०, २०७८ आइतबार १६:३०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा लगाइएकाे निषेधाज्ञा एक हप्ता लम्ब्याइएकाे छ । केहीबेर अघि सकिएको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एक हप्ता निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । 

थपिएको निषेधाज्ञामा पुस्तक पसल बिहान ११ बजेसम्म खाेल्न पाइने निर्णय भएको छ । नयाँ शैक्षिक सत्र यही असार १ गतेदेखि सुरु हुन लाग्दा पनि पुस्तक पसल बन्द हुँदा विद्यार्थीले पुस्तक नपाएको गुनासो बढेपछि बिहान ११ बजेसम्म पुस्तक पसल खोल्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । 

यस्तै खाद्यान्न, तरकारी तथा फलफूलको पसल खोल्ने अवधि दुई घण्टा थपेर बिहान ११ बजेसम्मका लागि पुर्‍याइएकाे छ । यसअघि खाद्यान्न पसल बिहान ९ बजेसम्म मात्रै खोल्न दिइन्थ्याे । 

यस्तै हार्डवेयर पसल दिउँसो ४ बजेदेखि खुल्ने छ भने अनलाइन डेलिभरी गर्न दिने निर्णय भएको छ । यसैगरी कृषि कार्यका लागि अनुमति दिने र बचत तथा ऋण सहकारी संस्था पनि खुलाउन पाइने भएको छ । 

काठमाण्डौ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण केही घटे पनि जोखिम कायमै रहेको भन्दै थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । उपत्यका पछिल्लो समय थपिएको निषेधाज्ञा भोलिदेखि सकिँदैछ । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया