परीक्षण घटेसँगै काेराेना सङ्क्रमित पनि घटे, २४ घण्टामा २ हजार ४ सय ७ जनामा सङ्क्रमण पुष्टि

 जेठ ३०, २०७८ आइतबार १६:५६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको २४ घण्टामा १२ हजार चार सय ६ जनाको नमुना परीक्षण गर्दा दुई हजार चार सय सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा सात हजार पाँच सय १७ जनाको पीसीआर र चार हजार आठ सय ८९ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा दुई हजार चार सय सात जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

देशभर सङ्क्रमण पुष्टि भएकामध्ये काठमाण्डौ उपत्यकामा ६ सय ५३ जनामा सङ्क्रमण पाइएको छ । काठमाण्डौमा चार सय ८३, ललितपुरमा एक सय १२ र भक्तपुरमा ५८ जनामा सङ्क्रमण पाइएको छ ।

अहिले नेपालमा कोरोनाको परीक्षण घटेसँगै सङ्क्रमितको सङ्ख्या पनि घटेको छ । पीसीआर र एन्टिजेनमार्फत निःशुल्क परीक्षण गर्ने व्यवस्था भए पनि परीक्षण गराउन जानेको सङ्ख्या घटेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवम् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

गाउँघरमा सङ्क्रमणको जोखिम रहेकाले कोभिडको कुनै  लक्षण देखिनासाथ नजिकैको स्वास्थ्य संस्थामा परीक्षणका लागि जान पनि प्रवक्ता पाैडेलकाे अनुरोध छ ।

आज देशभरका ४४ वटा जिल्लामा पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै सबैभन्दा धेरै सङ्क्रमण वाग्मती प्रदेशमा पाइएको छ । मन्त्रालयका अनुसार वाग्मतीमा ३८ प्रतिशत, लुम्बिनीमा १६, प्रदेश एकमा १३, गण्डकी प्रदेशमा १०, कर्णाली प्रदेशमा सबैभन्दा कम पाँच प्रतिशत र सुदूरपश्चिममा नाै प्रतिशतमा सङ्क्रमण भेटिएको छ । अहिले देशभर ६८ हजार ९ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् ।  

यस्तै गएको २४ घण्टामा तीन हजार नाै सय ५४ जना डिस्चार्ज भएका छन् । यस्तै कोरोना सङ्क्रमणका कारण थप ४६ जनाको जनाको ज्यान गएको छ । 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया