सात लाखभन्दा धेरैले काेराेना खोपको दोस्रो मात्रा पाए, अनियमितता गर्नेमाथि छानबिन हुने

 जेठ ३०, २०७८ आइतबार १७:२४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा अहिलेसम्म सात लाखभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा पाएका छन् । अहिलेसम्म नेपालले ४२ लाख ४८ हजार खाेप प्राप्त गरेकोमा सात लाखभन्दा धेरैलाई दोस्रो मात्रा पनि दिइएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म २४ लाखभन्दा धेरैले खाेपकाे पहिलो मात्रा पाएका छन् । यस्तै अहिले ६० देखि ६४ वर्ष उमेर समूहका लागि भइरहेको खोप कार्यक्रममा अहिलेसम्म तीन लाखभन्दा धेरैले भेरोसेल खोपको पहिलो मात्रा पाएका छन् । अहिले चलिरहेको खोप कार्यक्रममा धेरै ठाउँमा अनियमितता भएको गुनासो आएकाले यसबारे छानबिन हुने खाेप शाखाका प्रमुख डा. गाैतमले बताउनुभयो ।

चिनेजानेको भरमा र दबाबमा केही ठाउँमा खोपमा अनियमितता भइरहेको गुनासो आएकाले छानबिन हुने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले बताउनुभयो । यसका लागि समन्वय र अनुमगन समिति बनेको पनि उहाँले बताउनुभयो । 

अहिले केन्द्रबाट प्रदेश, प्रदेशबाट जिल्ला र जिल्लाबाट पालिकामा खोप पठाउने गरिएको छ । सरकारले तोकेको प्राथमिकताका आधारमा खोप नदिए त्यसको छानबिन हुने उहाँले बताउनुभयो । 

यस्तै कोरोनाविरुद्धको खोप निःशुल्क वितरण गर्ने गरिएकाले कोही कसैले बिक्री गरे वा बिक्री गर्ने प्रयास गरेको थाहा पाए नजिकैको सम्बन्धित निकायमा खबर गर्न पनि मन्त्रालयको आग्रह छ ।     

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Phanindra Raj Regmi

    June 13, 2021, 5:39 p.m.

    People having the age group of 64- 65 are being treated as foreign national. Why? Is there any solution over such issues?

  •  0 Reply

तपाईको प्रतिक्रिया