एसियाड : बहराइनकी चेलिमोले जितिन् म्याराथनमा स्वर्ण पदक

 भदौ १०, २०७५ आइतबार १५:१:२५ | रासस
unn.prixa.net

इन्डोनेसियामा जारी एसियाडमा बहराइनकी विश्व च्याम्पियन धाविका रोज चेलिमोले प्रथम हुँदै स्वर्ण पदक जितेकी छिन् । 

केन्यामा जन्मिएकी धाविका चेलिमोले निर्धारित दूरी २ घण्टा ३४ मिनेट ५१ सेकेन्डमा पार गरेकी थिइन् । उनले निकटम प्रतिस्पर्धीहरु भन्दा ३ किलोमिटरको अग्रता बनाएर स्वर्ण पदक जितेकी हुन् । 

चेलिमोले सन् २०१६ को रियो दे जेनेरियोमा ओलम्पिक अघि केन्या छाडेर बहराइनको प्रतिनिधित्व गरेकी थिइन् । तर त्यस पटक उनले आठौ स्थान हासिल गरेकी थिइन् । गएकाे वर्ष लन्डनमा भएको विश्व च्याम्पियनसीपमा उपाधि जितेकी थिइन् । 

जापानकी केइकी नोगामीले दोस्रो हुँदै रजत पदक जितिन् भने तेस्रो स्थानमा रहेकी उत्तर कोरियाकी कीम हे सोङले कास्य पदक पाइन् । शनिबार सम्पन्न पुरुषतर्फको म्याराथनमा जापानका हिरोतो इनाउले बहराइनकै एलहस्सन इलाबास्सीलाई पछि पार्दै स्वर्ण पदक जितेका थिए । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया