गरिब देशलाई एक अर्ब डाेज काेराेना खाेप उपलब्ध गराउन जी–७ का नेताहरू सहमत

 जेठ ३०, २०७८ आइतबार २०:२७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

ट्विटर : जी–७

काठमाण्डाै – विश्वका धनी तथा औद्योगिक राष्ट्रहरूको समूह जी–७ राष्ट्रका नेताहरूले कोरोना भाइरसविरुद्धको खोपको एक अर्ब डोज बाँड्ने घोषणा गरेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जी–७ राष्ट्रका नेताहरू आउँदो वर्षसम्ममा एक अर्ब डोज खोप बाँड्न सहमत भएकाे जानकारी दिनुभएको हो । 

यस्तै उनीहरूले गरिब तथा विपन्न देशलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । विश्वमा चीनको बढ्दो प्रभाव रोक्न गरिब तथा अल्पविकसित देशलाई पूर्वाधार विस्तारमा सघाउने योजना जी–७ ले पास गरेको बीबीसीले जनाएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिल्ड ब्याक बेटर वर्ल्ड योजनालाई सार्थक पार्नुपर्ने बताउनुभएको छ । अमेरिका समर्थित बिल्ड ब्याक बेटर वर्ल्ड याेजनालाई चीनको महत्त्वाकाङ्क्षी बेल्ट एन्ड रोड इनिशिएटिभको विकल्पको रूपमा हेरिएको छ । 

चीनको बेल्ट एन्ड रोड इनिशिएटिभले कैयौँ देशमा रेल, सडक र बन्दरगाह सुधारका लागि आर्थिक सहयोग गर्दै आएको छ । तर जी–७ ले भने यसमार्फत चीनले गरिब देशलाई थेग्नै नसक्ने ऋणको भार बोकाएको टिप्पणी गरेको छ । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Suraj

    June 13, 2021, 11:19 p.m.

    मन पर्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया