गण्डकीमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी, अघिल्लो सरकारकै कार्यक्रमलाई निरन्तरता

 जेठ ३१, २०७८ सोमबार ८:४४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गण्डकी प्रदेशमा आज आउँदो आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ । शनिवार मात्रै नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएको गण्डकीमा यसअघिकै सरकारले बनाएको नीति तथा कार्यक्रममा सामान्य परिवर्तन मात्रै गरेर पेस गर्ने तयारी भएको हो ।

बिहान ११ बजे प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर नीति तथा कार्यक्रमबारे टुङ्गो लगाउने र दिउँसो ३ बजेको लागि डाकिएको संसद बैठकमा पेस गर्ने तयारी रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले कोरोना महामारी नियन्त्रण र स्थानीय पूर्वाधारलाई ध्यान दिएर नीति तथा कार्यक्रम र बजेट तयार गरेको थियो ।

त्यही कार्यक्रम यो सरकारले सभामा पेस गर्ने तयारी गरेको हो । प्रदेश सरकारले भोलि नै बजेट प्रस्तुत गर्ने तयारी पनि गरिरहेको छ । चालु वर्षका लागि ३४ अर्ब ८४ करोडको बजेट विनियोजन भएकोमा आउँदो आर्थिक वर्षको लागि पनि यही रकम हाराहारीकै बजेट ल्याउने तयारी भइरहेको गण्डकी प्रदेश सरकारले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया