एन्फा महिला लिगमा आर्मी र पुलिसबीच बराबरी
पुस २१, २०८१ आइतबार
काठमाण्डाै – राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य (प्रदेश सांसद) कृष्ण थापाको पद खारेज भएको छ ।
राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको भ्याकेटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले थापालाई यसअघि सांसद पदमा कायम रहने गरी दिएको आदेश रद्द गरेको हो ।
सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत थापाको पदको बचाउ गरे पनि फेरि उहाँको दलले थापालाई कारबाही गरेको र नयाँ सरकारसमेत गठन भइसकेको अवस्थामा थापाको पद खारेज हुने सर्वोच्चको आदेशमा उल्लेख छ ।
एमालेको सरकार हटाएर कांग्रेस नेतृत्वमा साथ नदिएको भन्दै जनमोर्चाले थापालाई प्रदेश सभा सदस्यबाटै हटाएको थियो । पार्टीको निर्णयविरुद्ध जेठ २१ गते मुद्दा हाल्नुभएका थापाको पद जेठ २३ गते सर्वोच्चले अन्तरिम आदेशमार्फत बचाउ गरिदिएको थियो ।
तर अन्तरिम आदेशविरुद्ध गण्डकी प्रदेश सभा सचिवालय र राष्ट्रिय जनमोर्चाले भ्याकेट निवेदन दिएका थियाे । कृष्ण थापाले कुनै पनि हालतमा कांग्रेस नेतृत्वको गठबन्धनलाई साथ नदिने अडान लिएकै कारण यसअघि नयाँ सरकार गठन हुन सकेको थिएन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।