विदेश पठाइदिन्छु भन्दै एक लाख २५ हजार रुपैयाँ ठगी गर्ने एजेन्ट पक्राउ

 जेठ ३१, २०७८ सोमबार १९:२५:८ | शुभनारायण यादव
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सप्तरी – विदेश पठाइदिन्छु भन्दै एक लाख २५ हजार रुपैयाँ ठगी गर्ने सप्तरीका एक एजेन्ट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका १ का ४६ वर्षीय इनरदेव यादव रहेका छन् ।

जैफुन खातुनले २०६८ असोज २ गते प्रहरीमा दिएको जाहेरीअनुसार यादवले उहाँका छोरालाई विदेश पठाइदिन्छु भन्दै एक लाख २५ हजार रुपैयाँ ठगी गरेका थिए । जाहेरीका आधारमा यादवलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएकाे थियाे ।

२०७५ असार २५ गते अदालतबाट उनलाई दोषी ठहर गर्दै एक वर्ष कैद र एक लाख २५ हजार रुपैयाँ जरिबाना गरिएको थियो । त्यसलगत्तै फरार रहेका यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिनुभयाे ।

पक्राउ परेका यादवलाई अदालतमा उपस्थित गराइ कैद भुक्तानका लागि कारागार पठाइएको सप्तरी प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १०, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया