गण्डकीको नीति तथा कार्यक्रम : कोभिड नियन्त्रणदेखि पूर्वाधार विकासमा जोड

 जेठ ३१, २०७८ सोमबार १९:५६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – गण्डकी प्रदेश सभाको साेमवार (आज) को बैठकमा गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उपलब्ध साधन र स्रोतको अधिकतम उपयोग गर्दै प्रदेशको समृद्धि र विकासका लागि अघि बढ्ने बताउनुभयो । 

कोभिड–१९ को महामारीबाट सिर्जित समस्याको सम्बोधन गर्नका लागि कोरोनाविरुद्धको खोपको व्यवस्थापन गर्नुका साथै महामारीबाट बच्न सावधानीका लागि सचेतना, सङ्क्रमण परीक्षण, सङ्घ र पालिकाबाट गरिने कार्यक्रम सबलीकरण, समन्वय र सहयोग गरिने उहाँले बताउनुभयो ।

कोरोना सङ्क्रमितको उपचारलाई प्रभावकारी बनाउन अत्यावश्यक स्वास्थ्य उपकरण सामग्री तथा औषधिको व्यवस्था गरिने उहाँले बताउनुभयो । कोरोना सङ्क्रमणका कारण बाबुआमा गुमाएका बालबालिकालाई नगद राहतको व्यवस्थाका साथै कोरोनाका कारण जीवन गुमाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका परिवारलाई नगद राहत उपलब्ध गराइने उहाँले बताउनुभयो ।

यस्तै कोभिड–१९ ले पर्यटन, यातायात, कृषि उत्पादन तथा सेवा क्षेत्रमा पारेको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्दै उत्पादन र रोजगारी अभिवृद्धि गर्न उद्यमी तथा व्यवसायीका लागि सञ्चालित व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रमलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।

प्रदेशकाे नीति तथा कार्यक्रम

 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया