काठमाण्डौ उपत्यकासहित १७ जिल्लामा आउँदो ७ गतेसम्म निषेधाज्ञा

 असार १, २०७८ मंगलबार ११:३१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका ७० वटा जिल्लामा निषेधाज्ञा थप भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरसहित १७ वटा जिल्लामा जारी निषेधाज्ञा आउँदो ७ गतेसम्म लम्बिएको  छ । अन्य जिल्लामा भने अवस्था हेरेर निषेधाज्ञा लम्ब्याइएकाे छ ।

गृह मन्त्रालयका अनुसार काठमाण्डौ, ललितपुर र भक्तपुर, बाग्लुङ, डडेल्धुरा, उदयपुर, कालीकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, पूर्वी नवलपरासी, तनहुँ, बारा, इलाम, अछाम, पाँचथर र मुस्ताङमा आउँदो ७ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको हो । यी १७ सहित सबैजसो जिल्लामा जनजीवनलाई केही खुकुलो बनाउँदै निषेधाज्ञा थपिएको छ ।

काठमाण्डौमा आजदेखि तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खोल्न पाइने छ । औषधि, तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना पसल, डिपार्टमेन्टल (ग्रोसरी) बिहान ११ बजेसम्म खोल्न पाइने छ । यही समयमा पुस्तक पसल र प्रिन्टिङ प्रेस पनि खोल्न पाइनेछ । यस्तै, दिउँसो ४ बजेपछि निर्माण सामग्रीका हार्डवेयर पसल पनि खोल्न पाइने छ ।

कृषि, मल, बिउ, कृषि औजारका पसल खोल्न पनि अनुमति दिइएको छ । अहिले खोटाङ र मनाङबाहेकका जिल्लामा निषेधाज्ञा छ । निषेधाज्ञा खुकुलो बनाउँदै लगिए पनि स्वास्थ्य मापदण्डलाई भने अझै पूर्णरूपमा पालना गर्न भने छोड्न नहुने डाक्टरहरूले बताउँदै आएका छन् । कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न जिल्लामा निषेधाज्ञा लगाइँदै आएको छ ।

कोरोना रोकथामका लागि अवस्था हेरेर निषेधाज्ञा लगाउने अधिकार सरकारले स्थानीय प्रशासनलाई नै दिएको छ ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया