जब बेलायतका अधिराजकुमार हातमा हथौडा र ज्यावल लिएर काठ खोप्न...
माघ २४, २०८१ बिहिबार
कास्की – गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारको तर्फबाट पेस गर्नुभएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
मङ्गलवार बिहान बसेको प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्यले नीति तथा कार्यक्रममाथि आ–आफ्नो धारणा राखेका थिए । प्रदेश सभा सदस्यले उठाएका विषयमा मुख्यमन्त्री पोखरेलले जवाफ दिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले प्रदेश सरकारले असार १ गते बजेट संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार गण्डकी प्रदेश सरकारले पनि आज बजेट सार्वजनिक गर्दै छ ।
त्यसअघि संसदबाट नीति तथा कार्यक्रम पारित गरिएको हो । गण्डकी प्रदेशमा आउँदो वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा कम आउने भएको छ । चालु आर्थिक वर्ष २०७७/०७८ को बजेट ३४ अर्ब ८४ करोड रहेको थियो । गएकाे आर्थिक वर्ष २०७६/०७७ धेरै बजेट खर्च हुन नसक्दा यस वर्षको बजेटको आकार बढाइएको थियो ।
प्रदेश सरकारका मन्त्रीहरूलाई जिम्मेवारी नतोकिँदा आउँदो वर्षको बजेट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दिउँसो ४ बजे पेस गर्ने कार्यक्रम रहेको छ ।
गएकाे शनिवार नियुक्त हुनुभएका मुख्यमन्त्री नेपाली पाेखरेलले त्यसै दिन चार जना मन्त्री नियुक्त गर्नुभएको भए पनि जिम्मेवारी भने बाँडफाँड गर्नुभएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।