गम्भीर सैन्य चुनौती प्रस्तुत गरेको भन्दै नेटाेले चेतावनी दिएपछि चीनकाे जवाफ

 असार १, २०७८ मंगलबार १५:२७:२१ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – ब्रसेल्समा नेटो नेताहरुको बैठकमा चीनलाई खतरा बताइएपछि चीनले नेटोमाथि आफूलाई बदनाम गरेको आरोप लगाएको छ । ​नेटाे नेताहरुले चीनलाई एक ‘व्यवस्थागत चुनौती’ बताएका थिए । 

चीनको परमाणु हतियार बढाउने सहित सबै काम ‘नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’ का लागि खतरा भएको नेटोले बताएको थियो । 

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का नेताहरुले चीनको सैन्य तथा आणविक गतिविधिले विश्वमा गम्भीर सुरक्षा चिन्ता थपिएको बताएका थिए । चीनले गम्भीर सैन्य चुनौती प्रस्तुत गरेको भन्दै उनीहरुले चेतावनीसमेत दिएका थिए । तीव्र गतिमा परमाणु क्षमता विस्तार गरिरहेको चीन आफ्ना सैनिकको आधुनिकीकरणमा पारदर्शी नरहेको पनि उनीहरुले बताएका थिए । 

नेटोले चीनलाई आफ्नो एजेन्डाको केन्द्रमा राखेको यो पहिलो पटक हो ।

जवाफमा चीनले आफ्नो सुरक्षा नीति ‘रक्षात्मक प्रकृति’ को रहेको र ‘कुराकानी बढाउन आफ्नो ऊर्जा खर्च गर्न’ पनि आग्रह गरेको छ ।

युरोपेली सङ्घमा चीनको मिसनले एक विज्ञप्ति निकाल्दै भनेको छ, ‘हाम्रो रक्षा र सैन्य आधुनिकीकरणलाई बढाउनु उचित, खुला र पारदर्शी छ ।’

नेटोले चीनको विकासलाई ‘तर्कसङ्गत ढङ्ग’ ले देख्नुपर्ने र ‘गुटको राजनीतिमा हेरफेर गर्ने, टकराव निम्त्याउने र भू–राजनीतिक प्रतिस्पर्धालाई बढावा दिनका लागि चीनको वैध हित र अधिकारलाई बहाना नबनाउन’ विज्ञप्तिमा भनिएको छ । 

सोमवार ब्रसेल्समा भएको एकदिवसीय सम्मेलनपछि नेटोको बयान आएको थियो । 

जो बाइडेन अमेरिकाको राष्ट्रपति बनेपछि यो नेटोको पहिलो बैठक थियो । 

यो ३० युरोपेली र उत्तरी अमेरिकी देशका एक शक्तिशाली राजनीतिक र सैन्य गठबन्धन हो, जसले रुसलाई एक मुख्य खतराका रुपमा देख्दै आएको छ ।   

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया