रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै – गृह मन्त्री खगराज अधिकारीले निर्धारित समयमा चुनाव गराउनका लागि गृह मन्त्रालय तयारी अवस्थामा रहेको बताउनुभएको छ । गृह मन्त्री अधिकारीले मङ्गलवार गृह मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्धारित मितिमा चुनाव गराउनका लागि गृह मन्त्रालयले आवश्यक तयारी पूरा गरेको बताउनुभएको हो ।
आवश्यक सम्पूर्ण तयारी पूरा भएकाले चुनाव गर्नका लागि रोकिनुपर्ने कुनै कारण नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई चरणमा चुनाव गर्ने भनेको छ । त्यसमा कुन–कुन जिल्ला वा चुनाव क्षेत्र कसरी गर्ने समेतको रणनीतिका साथ चुनाव आयोगसँग समन्वय गरेर सम्पूर्ण तयारी छ । र अब हामीलाई चुनावको निर्णय गरिसकेपछि अगाडि बढ्न रोकिनुपर्ने केही कारण छैन । सबै तयारी छ । आवश्यक लजिस्टिकदेखि लिएर जनशक्ति विन्यासदेखि लिएर सुरक्षा प्रबन्धदेखि लिएर निष्पक्षताका लागि गर्नुपर्ने सबै कुरा आन्तरिक गृहकार्यमा सम्पूर्ण तयारी भइसकेको छ । यसको कार्यान्वयनका सम्बन्धमा दलहरूसँगको एउटा सहमति, सहकार्यपछि अगाडि बढ्दा हामीलाई तयारी पुगेन भन्नुपर्ने केही कारण छैन । तोकिएको मितिमा चुनाव गर्न हाम्रो मन्त्रालय पूर्णरूपमा तयारी हालतमा छ ।’
उहाँले सीमाको सम्बन्धमा नेपाली संवेदनशील भएको भन्दै सरोकारवालालाई याे कुरा बुझिदिन आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालीहरू सीमाको आफ्नो सार्वभौमिकताबारे अत्यन्तै संवेदनशील छन् । जसरी अरू देश संवेदनशील छन् । त्यसरी नेपालीहरूको संवेदनशीलता बुझिदिन हामी अनुरोध गर्न चाहन्छौँ । हामी हाम्रो सीमा रक्षाका लागि अरूले हाम्रो संवेदनशीलता बुझिदिनुपर्छ भन्ने कुरा प्रष्ट राख्न चाहन्छौँ ।’
मन्त्री अधिकारीले कोभिड–१९ विरुद्धको खोपको तेस्रो ट्रायलमा जाने ढाँचाको खोप ल्याउने विषयमा पनि छलफल गरीरहेको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।