बाढी पहिरोले विभिन्न ठाउँमा सडक बन्द, बाटो नै बगाएका ठाउँमा तत्काल खुलाउन समस्या

 असार २, २०७८ बुधबार ९:२५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - पहिरोले विभिन्न ठाउँमा सडक बन्द भएका छन् । बुटवल–नारायणगढ सडक खण्डका विभिन्न ठाउँमा पहिरो खसेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बुटवल–सुनवल, सुनवल–भूमहीलगायत सडक खण्ड हिजोदेखि नै बन्द रहेको र खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

जिल्लामा निषेधाज्ञाका कारण गाडी जाम नरहेको र अत्यावश्यक गाडीलाई नवलपरासी हुँदै पठाइएको पनि प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । यस्तै सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकको सिद्धबाबा, गौडेपुल, कालीमाटीमा पहिरो झरेपछि बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

केही ठाउँमा बाटो नै बगाएकाले तत्काल खुलाउन समस्या हुने देखिएको प्रहरीले जनाएको छ । यस्तै काठमाण्डौ–धुलिखेल–दोलालघाट–खाडिचौर–कोदारी सडक पनि बाढी र पहिरोका कारण बन्द भएको छ । यस्तै पर्वतको कुश्मा नगरपालिका-१ सहस्रधारामा पहिरो खस्दा बन्द भएको मध्यपहाडी लोकमार्ग खुलाउन समस्या भएको छ ।

सोमवार राति झरेको पहिरोले बन्द भएको सडक वर्षा नरोकिएको कारण खुलाउन नसकिएको प्रहरीले जनाएको छ । यस्तै बेनी–मालढुङ्गा सडक पनि दुई दिनदेखि बन्द छ । मध्यपहाडी लोकमार्ग पहिरोले रोकिएपछि साना गाडी वैकल्पिक मार्ग प्रयोग गर्न थालेका छन् भने ठूला गाडी बाटोमै रोकिएका छन् ।

दाङसँग सीमाना जोडिएका पहाडी जिल्लामा पनि आवत जावत ठप्प भएको छ । दाङको घोराहीदेखि रोल्पाको होरेली जोड्ने सडक खण्डको ठाउँ ठाउँमा पहिरो झरेको छ । दाङ–सल्यान सडक खण्ड पनि हिजो बेलुकादेखि बन्द छ । राप्ती लोकमार्ग अन्तर्गत कपुरकोट नजिकै झरेको पहिरोका कारण सडकखण्ड अबरुद्ध भएको हो । सडक स्तराेन्नतीको काम भइरहेको र पहिरो खस्ने क्रम नरोकिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: जेठ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया