सिन्धुपाल्चाेककाे बाढी र पहिराेमा २० जना सम्पर्कविहीन

 असार २, २०७८ बुधबार २०:४२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सिन्धुपाल्चोकमा बाढी र पहिराेका कारण २० जना सम्पर्कविहीन भएका छन् । सिन्धुपाल्चाेकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले अहिलेसम्म २० जना सम्पर्कविहीन भएका जानकारी दिनुभएकाे हाे । 

यस्तै उहाँले बाढी र पहिराेमा परि घाइते भएका पाँच जनाकाे उपचार भइरहेकाे बताउनुभयाे । अहिलेसम्म बाढी र पहिराेमा फसेका ७४ जनाकाे उद्धार भएकाे सहायक प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिनुभयाे । 

सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोलामा हिजो बेलुकीदेखि आइरहेको बाढीका कारण मेलम्ची बजारमा ठूलो क्षति पुगेको छ । मेलम्ची र इन्द्रावती खोलामा बाढी आउँदा बस्तीहरू डुबानमा पर्नुका साथै घर र पुललगायत बगाएको छ । 

प्रहरीका अनुसार दुई पक्की मोटरेबलसहित आधा दर्जन झोलुङ्गे पुल र घर बगेको विवरण सङ्कलन भएको छ । मेलम्चीले झन्डै एक दर्जन ट्राउट माछा फर्म, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमा ह्योल्मो बसपार्क, सिटी पार्कलगायत बगाएको छ । 

हिजो बेलुकी रात नपर्दै खोलामा बाढी आउन थालेकोले स्थानीयवासी सुरक्षित ठाउँमा भागेर मानवीय क्षति कम गराउन सकिए पनि भौतिक संरचनातर्फ ठूलो क्षति भएको छ ।    

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया