एशियाली खेलकुद: यस्ताे रह्याे अाइतबार नेपालकाे समग्र प्रदर्शन

 भदौ १०, २०७५ आइतबार १८:५१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

एशियाली खेलकुदमा आइतबार पनि नेपाली खेलाडीहरुको प्रदर्शन कमजोर रह्यो ।

पदकको आशा गरिएका खेलहरु कराते तथा बक्सिङ अन्तर्गत आइतबार भएका स्पर्धामा नेपालले गतिलो चुनौती पेश गर्न सकेन । तर, प्याराग्लाइडिङमा भने टिम क्रसकन्ट्रीतर्फ दोस्रो चरणको खेल सकिँदासम्म नेपाल तेस्रो स्थानमा छ ।

भारत्तोलनको महिला ७५ केजीमाथि तौलसमूहमा नेपालकी तारादेवी पुनले भने राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

आइतबार भएको स्पर्धामा ताराले समग्रमा १७५ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

स्न्याचमा ७४ केजी भार उठाएकी ताराले क्लिन एण्ड जर्कतर्फ १०१ केजी गरी कूल १७५ केजी भार उठाउँदै आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकी हुन् ।

यसअघि उनले स्न्याचतर्फ ७३ र क्लिन एण्ड जर्कतर्फ ९७ केजी गरी कुल १७० केजीको राष्ट्रिय कीर्तिमान राखेकी थिइन् ।

आफ्नो स्पर्धामा राष्ट्रिय कीर्तिमान राखे पनि ९ खेलाडी सम्मिलित यस स्पर्धामा तारा आठौं स्थानमा रहिन् । यस स्पर्धाको स्वर्ण उत्तर कोरियाकी रिम जोङ सिमले जितिन् ।

ताराको हारसँगै भारत्तोलनमा नेपालको प्रतिस्र्धा सकिएको छ । नेपालबाट भारत्तोलनमा दुई पुरुष र दुई महिला खेलाडी सहभागी भएकोमा तारासहित सञ्जु चौधरी र कमलबहादुर अधिकारीले राष्ट्रिय कीर्तिमान सुधार गर्न सफल भए । अहिलेसम्म सकिएका खेलमध्ये भारत्तोलनको सबैभन्दा राम्रो प्रदर्शन रह्यो ।

पदकको आश गरिएको करातेले दोस्रो दिन पनि खराब प्रदर्शन गरेको छ । आइतबार भएका स्पर्धामा तीनैजना खेलाडी पहिलो चरणमा पराजित भए । ६० केजी मुनिको तौल समुहमा सोनाम लामा भियतनामका हाइ भान एनगुएनसँग ३–० ले हारे ।

पुरुषकै ६७ केजी मुनिको स्पर्धामा विजय लामा हिरोतो सिनोहसँग १–० ले हार्न पुगे । महिलाको ६१ केजी मुनि सुनिता महर्जन थाइल्यान्डकी ए आर एम सुकिअसँग ४–१ ले पराजित भइन् । अब करातेमा नेपालका दुई खेलाडीले भोलि प्रतिस्पर्धा गर्नेछन् ।

टेबल टेनिसमा पनि नेपालले खराब सुरुवात गरेको छ । आ३–० को सोझो सेटमा पराजित भयो इतबार भएको महिला टिम च्याम्पियनसिपमा नेपालले दोहोरो पराजय ब्यहोर्यो । पोल डी मा रहेको नेपालले मलेसिया र सिंगापुरसँग समान । पुरुष तर्फ नेपाल चीनसँग ३–० कै सेटमा स्तब्ध भयो ।

पदकको आशा गरिएको अर्को खेल बक्सिङतर्फ पनि नेपालको निराशाजनक प्रदर्शन जारी छ । ५२ केजी तौल समूहमा प्रेम चौधरी फिलिपिन्सका रोजेन लादोनसँग ५–० अंकका आधारमा पराजित भए । ६९ केजी तौलमा विष्णुप्रसाद घले पनि कतारका तुलासीमारानसँग ५–० ले नै स्तब्ध भए ।

पदकको आश गरिएको पाराग्लाइडिङको पुरुष क्रसकन्ट्रीमा नेपालले पदकको सम्भावना जीवितै राखेको छ । दोस्रो चरणमा आइतबार खराब मौसमका कारण सवै देशका खेलाडीले २५ किलिोमिटरको टास्क पूरा गर्न सकेनन् । दोस्रो चरण सकिँदा नेपाल तेस्रो स्थानमा यथावत छ । इन्डोनेसिया पहिलो र दक्षिण कोरिया दोस्रो स्थानमा छन् । महिला तर्फ नेपाल पाँचौं स्थानमा छ । सेपाकताक्रेमा नेपाल पुरुष तर्फ चीन र महिलामा मलेसियासँग पराजित भयो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया