अन्तिम अभ्यास खेल: पारस र दिपेन्द्रकाे अर्धशतकीय याेगदानमा नेपाल विजयी

 भदौ १०, २०७५ आइतबार १९:१४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

एशिया कप क्रिकेटको छनौट अगाडि भएकाे अाइतबारकाे अन्तिम अभ्यास खेलमा नेपाल ५ विकेटले विजयी भएको छ ।

अभ्यास खेलका लागि श्रीलंकामा रहेको नेपालले त्यहाँको कोल्ट्स क्लबलाई ५ बिकेटले पराजित गरेको हो । कोल्ट्सले दिएको २१७ रनको लक्ष्य नेपालले ४२।४ ओभरमा २१८ रन बनाएको हो ।

नेपालको जितमा कप्तान पारस खड्काले ५८ रन जोडेका थिए । यसैगरी दीपेन्द्रसिंह ऐरीले आउट नभई ५२ रनको योगदान गरे भने उनलाई आरिफ शेखले २३ रन बनाएर सहयोग गरेका थिए ।

नेपालका ज्ञानेन्द्र मल्लले ४५ रन बनाउँदा सुवास खकुरेल २२ रनमा आउट भए । सागर पुनले  ५ रन बनाउँदा विनोद भण्डारी १ रनमा आउट भए । कोल्ट्सका अएना श्रीजयवर्द्धनेले २ विकेट लिएका थिए । 

टस जितेर पहिला ब्याटिङ गरको कोल्ट्स ४९.५ ओभरमा २१६ रनमा अल आउट भएको थियो । 

४४ रनमा ४ विकेट गुमाएको कोल्ट्सका मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हालेका थिए । नेपालका सोमपाल कामीले ३ तथा करन केसी र सागर पुनले दुई र्दुइ विकेट लिए भने ललितनारायण राजबंशीले एक विकेट हात पारे ।

२ जना ब्याट्सम्यान रन आउट भए । दुवै जनालाई रोहित पौडेलले रन आउट गराएका हुन् ।

२९ तारिखदेखि मलेसियामा सुरु हुने एशियाकप छनौटका लागि अब नेपाली टोली श्रीलंकाबाट भोलि त्यस तर्फ प्रस्थान गर्ने छ ।

एशियाकपको छनौटमा नेपालले २९ तारिखमा ओमानसँग प्रतिस्पर्धा गर्ने छ ।
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया