जाजरकोटको जलजला पाटनमा चार दिनदेखि हराइरहेका सात जना सकुशल भेटिए

 असार ४, २०७८ शुक्रबार ११:१०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

जाजरकोट - जाजरकोटको जलजला पाटनमा चार दिनदेखि हराइरहेका सात जना सकुशल भेटिएका छन् ।

बिहान प्रहरी र स्थानीय बासिन्दाको टोलीले उनीहरुलाई सकुशल भेटेर उद्धार गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिनुभयो ।

चरिचरन क्षेत्रमा गोठाला गएका कुशे गाउँपालिका–९ का कृष्ण रोकाया, वडा नम्बर ८ का दिलबहादुर खड्का, चन्द्रा खड्का, विक्रम खड्का, भविन्द्र खड्का, धनसरा खड्का र भीम खड्का मङ्गलवारदेखि सम्पर्कविहीन थिए ।

उनीहरु घर फर्कँदै गर्दा हावाहुरी र पानी परेपछि सम्पर्कविहीन भएका थिए । हावाहुरीमा जोगिएका भक्तबहादुर रोकाय, ईश्वर रोकाय, दुर्गा रोकाय र गङ्गा खड्का सम्पर्कमा आएर प्रहरीलाई खबर गरेका थिए ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया