गण्डकी प्रदेशका मुख्यमन्त्री पाेखरेलले माग्नुभयो विश्वासको मत

 असार ४, २०७८ शुक्रबार १३:०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले विश्वासको मत माग्नुभएको छ।

गएको जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका नेपालीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेस गर्नुभएको हो । अहिले प्रदेश सभा बैठकमा प्रस्तावमाथि भइरहेको छ ।

कांग्रेसबाट मुख्यमन्त्री बनेका नेपालीलाई माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेको साथ रहेको छ । साधारण अवस्थामा मुख्यमन्त्री नेपालीले विश्वासको मत पाउने अवस्था छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया