भत्ता र व्यवस्थापनकाे माग राखेर पुनर्निर्माण प्राधिकरणका प्राविधिकले आन्दाेलन थाले

 असार ४, २०७८ शुक्रबार १४:४५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भत्ता र व्यवस्थापनको माग राखेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरूले आन्दोलन थालेका छन् । सरकारले अतिरिक्त सेवा सुविधा नदिएको तथा आउँदो असार मसान्तपछि सम्झौता सकिने भएकाले आन्दोलन गर्नुपरेको प्राधिकरणको प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले जनाएको छ ।

पुनर्निर्माण प्राधिकरणले पाँच वर्षे समयावधि सकिएकाले असार मसान्तपछि सम्झौता नवीकरण नगर्ने जनाएको छ । आफूहरूलाई विपद् जोखिम प्राधिकरणसहित अरू ठाउँमा व्यवस्थापनको बाटो खुला गर्नुपर्ने तथा सरकारले दिन्छु भनेको भत्ता दिनुपर्ने समितिका संयोजक अविनाश अमरले बताउनुभयो । महामारीको यो बेला सम्झौता नवीकरण नभए झन्डै तीन हजार प्राविधिक बिचल्लीमा पर्ने उहाँले बताउनुभयो ।

आउँदो असार १० गते सामूहिक राजीनामा दिने र ११ गते सिंहदरबार घेर्ने कार्यक्रम रहेको समेत संयोजक अविनाश अमरले बताउनुभएको छ । प्राविधिकले पाउने भत्ताका लागि अर्थ मन्त्रालयमा प्रस्ताव लगेकाले समस्या नहुने तर तोकिएको समयावधि नै सकिएकाले करार सम्झौता नवीकरण हुन नसक्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।  

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया