संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज, खानपिन र हिँडडुल ‘ठिकठाक’

 असार ४, २०७८ शुक्रबार १४:५३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – संस्कृतिविद् एवम् वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । नौ दिनदेखि किस्ट अस्पतालमा उपचार गराइरहनुभएका जोशीलाई आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वास, छातीको सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि उपचारका लागि जोशीलाई जेठको २६ गते अस्पताल भर्ना गरिएको थियो। उहाँको रक्तचापको गडबडी नियन्त्रणमा आएको, खानपिन सामान्य रहेको र हिँडडुल पनि गर्न सक्ने अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।

एक हप्तापछि छाती रोग विशेषज्ञ प्रा. डा. मिलेशजंग सिजापतिको टोलीले जोशीको फलोअप गर्नेछ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया